कार्तिक २४ गते पोखरामा गुरुङ फिल्म ‘मै रिमो’ प्रदर्शन हुने

पोखरा । गुरुङ फिल्म ‘मै रिमो’ले पोखराबाट आफ्नो नियमित प्रदर्शनको शुरुवात गर्ने भएको छ । सामान्यता गुरुङ फिल्महरु समुदायभित्रै च्यारिटी र भिआइपी शोहरुमा सिमित हुँदै आईरहेको परिस्थितीमा यो फिल्मले अन्य नेपाली फिल्म जसरी नै हलमा आउने जानकारी दिएको हो । फिल्म यूनिटले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर प्रदर्शनीको बारेमा जानकारी दिएको हो ।

‘भाषिक फिल्मको लागि यो एउटा चुनौतीको काम हो । त्यहि भएर धेरै गुरुङ फिल्ममेकरहरु समुदाय बाहिर आउन खोज्नुहुन्न ।’ फिल्मका निर्देशक भोजबहादुर गुरुङले भने–‘यद्यपी फिल्मको भाषा हुँदैन भन्ने तथ्यलाई मान्दै हामी अन्य दर्शकको माझमा पनि फिल्मलाई लैजाने प्रयास गरेका हौँ ।’ यो फिल्मले कार्तिक २४ गते पोखराबाट प्रदर्शन आरम्भ गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

गुरुङ फिल्म उद्योगको २० वर्षे ईतिहासमा हेर्ने हो भने भाषिक फिल्मलाई यस अगाडि पनि नियमित रुपमा नदेखाईएको भने होईन । तर यसअगाडि प्रदर्शनमा आएका केहि फिल्महरु व्यवसायिक रुपमा उति साह«ो अब्बल देखिएनन् । ‘हामी पनि व्यवसायिक रुपमा सफल हुन्छौँ भन्ने दाबी गर्दैनौँ । तर यो एउटा सँस्कारको शुरुवात हो ।’ फिल्मका कार्यकारी निर्माता बालकाशी गुरुङले भनिन्–‘यसले भाषिक फिल्महरुको बजार बिस्तारमा सहयोग पु¥याउनेछ ।’

यद्यपी यो फिल्मको पनि अन्य गुरुङ भाषाका फिल्मजस्तै च्यारिटी शोहरु भैसकेको छ । अमेरिकामा ३ शो भैसकेको यो फिल्म यूकेमा एक शो भएको निर्माण यूनिटले बताएको छ । र, नेपालमा पनि यो फिल्मको च्यारिटी शो केहि समय अगाडि भएको थियो । अझै यो फिल्म अन्य मुलुकहरुमा च्यारिटी शोमार्फत दर्शकलाई देखाईने निर्देशक भोजबहादुर गुरुङले बताए ।

फिल्ममा गमन घले, प्रेम गुरुङ, सपना गुरुङ, सेसुवा गुरुङ, गजेन्द्र गुरुङ, कुलबहादुर गुरुङ, ईन्द्रसुवा गुरुङ लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । तेजेन्द्र गुरुङको संगीत रहेको यो फिल्ममा गोबिन गुरुङ, मनोज गुरुङ, तारा श्रीषमगर, पवित्र गुरुङ, सरुन गुरुङ लगाएतले गीत गाएका छन् । पत्रकार समेत रहेका गीतकार आश गुरुङले लेखेको फिल्ममा समावेश गीत ‘हे ङोल्स्यो, हे ङोल्स्यो’ पछिल्लो समय निकै हिट हुँदै गएको छ । युट्युबमा सर्वाधिक रुचाईएको गीत भन्दै निर्माण यूनिटले शुक्रबार पत्रकार सम्मेलनमा केक काटेर गीतको सफलताको ‘सेलिब्रेशन’ समेत ग¥यो ।

केयरसिंह गुरुङको कथा, रोशन गुरुङको पटकथा रहेको फिल्मलाई खिमबहादुर गुरुङले खिचेका हुन् । छायाँकार आफै यो फिल्मका सम्पादक पनि हुन् । फिल्ममा प्रेम गुरुङ र सपना गुरुङको लगानी रहेको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment