तारा एयरको विमान धावनमार्गमा चिप्लियो , यात्रु सकुशल

बैशाख–०९, पोखरा

तारा एयरको एउटा विमान रामेछापको मन्थली विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको छ ।काठमाडौंबाट लुक्लाका लागि उडेको जहाज मौसमको प्रतिकुलताले रामेछाप विमानस्थलतर्फ डाईभर्ट भएको थियो ।

विमानस्थलमा अवतरणको क्रममा अगाडिको टायर पड्केर दुर्घटनामा परेको हो । दुर्घटनामा परेको विमान तारबारमा पुगेर अड्किएको छ ।

नाइन–एन–एकेके डोर्नियर विमानमा लुक्ला जाँदै गरेका १४ जना विदेशी नागरिक थिए । यात्रु र चालक दलका सबै सकुशल छन् ।

चालकले तत्कालै जहाजको इन्जिन बन्द गरेर यात्रुलाई ओरालेका थिए । दुर्घटना भएको विमान धावन मार्गकै छेउमा अड्किएको बताइएको छ ।

तस्बीर ः सामाजीक संजाल