सिंगापुरलाई हराउँदै नेपाल समूह विजेता

काठमाण्डौं । मलेसियामा जारी १९ वर्ष मुनीको पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल सिंगापुरलाई सात विकेटले पराजित गरी समूह ‘ए’को विजेता बनेको छ । टस जितेर ब्याटिङ गरेको सिंगापुरले २८ दशमलब ३ ओभरमा सवै विकेट गुमाएर ६७ रन बनायो ।

विजयी लक्ष्य नेपालले १३ दशमलब ४ ओभरमा तीन विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि सन्दिप सुनारले २०, अनिलकुमार साहले १८ र आशिफ शेखले छ रन बनाए । अमित महर्जन १० र सन्दिप जोरा सात रनमा अविजित रहे ।

बलिङतर्फ नेपालका लागि पवन सर्राफले ६ विकेट लिए । किशोर महतोले दुई तथा सन्दिप लामिछाने र कप्तान दिपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment