विश्वशान्तिमा आजदेखि श्रीमद् भागवत सप्ताह धनधान्याञ्न्चल ज्ञानमहायज्ञ सुरु

बैशाख ५ पोखरा

समयअनुकलका गुणस्तरिय प्राविधिक शिक्षा सञ्चालन र विद्यालयको भौतिक सुधारको निम्ति विश्वशान्ति माध्यमिक विद्यालयमा आजदेखि श्रीमद् भागवत सप्ताह धनधान्याञ्न्चल ज्ञानमहायज्ञ सुरु भएको छ ।

महायज्ञको शिक्षासेवी समाजसेवी धनराज गुरुङले उद्घाटन गुर्नुभएको छ । महायज्ञको पूर्व विभिन्न सामाजिक धार्मिक संघ संस्था , आमासमुह , धामी झाँकी सहितको र्यालीले निकालेको शोभायात्रा महायज्ञस्थल विश्वशान्ति माविको प्राङ्गण , देउराली मन्दिर , हटिया , काउनेपोखरी , मणीको डाँडा परिक्रमा गरी पून यज्ञस्थलमा पुगेको थियो ।

महायज्ञ सम्बन्धि जानकारी लिन तथा सामग्री अवलोकन गर्न विद्यालयको आधिकारीक युटुभ च्यानल विश्वशान्ति स्कुल, फेसवुक तथा विश्वशान्ति माध्यमिक विद्यालय रुपा ५ देउराली फेसवुक पेज लगइन गर्न सकिने छ ।

बैसाख १३ गतेम्म चल्ने महायज्ञको प्रमुख वाचक रामचन्द्र तिमिल्सिना र उपवाचक हरिचन्द्र तिमिल्सिना रहनुभएको छ । ग्रामिण भेकका विद्यार्थीका लागि सहज यातायात साधन खरिद गर्ने , प्राविधिक शिक्षालाई व्यवस्थित गर्ने , भौतिक पुर्वाधार निर्माण गर्ने पुस्तकालय र विज्ञान प्रयोगशाला व्यवस्थित गर्नका निमित्त महायज्ञ सुरु गरिएको विद्यालयका प्रधानाध्यापक वशन्त पहारीले जानकारी भिएको छ ।

महायज्ञ सञ्चालनको लागि विभिन्न १९ वटा उपसमितिहरु गठन गरिएको छ । गण्डकी प्रदेशको एकमात्र आधुनिक सुचना प्रविधिमैत्री स्मार्ट सामुदायिक विद्यालय बन्न सफल सो विद्यालयमा यसै शैक्षिक शत्र देखि पुर्णतया मल्टिमिडिया प्रोजेक्टरबाट पठन पाठन हुदैछ ।

विसं २०२२ सालमा स्थापित विश्वशान्ति माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान र अंग्रेजी माध्यममा पढाइ भइरहेको छ । गत वर्षदेखि डिप्लोमा तहको सिभिल इन्जिनियरि पढाइ पनि सञ्चालित छ ।