फिल्टर नेवारी खाजा वैशाख ६ देखि संचालनमा आउने

पोखरा वैशाख ।

रमाइलो ६ का फोटोपत्रकार अनिश श्रेष्ठले फिल्टर नेवारी खाजा घर संचालनमा ल्याउने भएका छन । रमाइलो ६ तथा NPlHK अनलाइनका फोटोपत्रकार श्रेष्ठले पत्रकारिताका साथ साथै व्यवसाय समेत गर्न लागेका हुन ।

पोखरा सिदार्थ चोक देखि करिब ३ सय मिटर तल बगालेटोलमा आफ्नै लगानीमा रेष्टुरेन्ट संचालनमा ल्याउने तयारी गरेका हुन । ” विषेश गरि स्वदेशमै केही गरौ भन्ने सोछ लिएर रेष्टुरेन्ट खोलेको हु, नेवारी खाजा,खानाका परिकारहरु र लाइभ म्युजिक विषेश हुनेछ ” संचालक श्रेष्ठले बताए ।

पत्रकारिताको साथ साथै व्यवसायलाइ समेत अघि बढाउने योजनाका साथ अघि बढेको उनले बताए । वैशाख ६ गते देखि संचालनमा आउने उक्त रेष्टुरेन्टमा खाजा तथा खानाका विभिन्न्न परिकारका साथ साथै , बैठक हल समेत रहेको जानकारी दिए ।