चलचित्र ‘दात भात तरकारी’ को टिम पोखरामा

चैत्र –५, पोखरा

वैशाख २० गतेबाट रिलिज हुने नेपाली चलचित्र ‘दात भात तरकारी’ को टिम चलचित्रको प्रचारप्रसारका लागि जुटेको छ । कलाकार किरण केसी निर्माता रहेको उक्त चलचित्रदेशभरी नै टिम प्रचारप्रसारमा जुटिरहँदा बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर चलचित्रका विषयमा जानकारी दिएको छ ।

गरिबीका कारणले नेपालका लाखौँ युवाहरु विदेशमा गएर श्रम गर्नुपर्ने बाध्यता भएपनि हुने खानेहरुले समेत विदेशको मोह त्याग्न नसक्ने विषयमा चलचित्र निमार्ण भएको कलाकार हरिवंश आचार्यले बताए । कार्यक्रममा बोल्दै चलचित्रले देशको भाषा तथा संस्कृतिको जर्गेना गर्न सहयोग गर्ने बताए ।

चलचित्रले मनोरञ्जन मात्र नभएर समाजमा सही सन्देश समेत प्रवाह गर्ने उनको भनाई छ । अहिलेको समयमा केही नेपाली चलचित्रहरु पनि विदेशी चलचित्रसंग प्रतिस्पर्धा गर्न सक्ने किसिमको बन्न थालेकोमा खुसी व्यक्त गरे । आफुहरुको चलचित्र सबै परिवारले हेर्न मिल्न किसिमको भएको समेत स्पष्ट पारेका छन् ।

चलचित्र की नायिका आँचल शर्माले उत्कृष्ट तथा एकदम राम्रो चलचित्र भनेर आफुले दावी नगरेपनि सबै टिमले मेहनत गरेको बताइन् । चलचित्रमा आफ्नो भुमिका चुलबुली, छुच्ची किसिमको रहेको उनको भनाई छ ।

नेपालमा नै पहिलो पटक चलचित्र ‘दाल भात तरकारी’ को डेढ दर्जन शोहरु बुकिङ्ग भइसकेको समेत कार्यक्रममा जानकारी दिइएको छ । साथै अष्ट्रेलिया, बंगलादेश लगायतका देशमा एकदम उच्च मुल्यमा चलचित्र बुकिङ्ग भएको बताएका छन् ।

सुदन केसीको निर्देशनमा बनेको चलचित्रमा निरुता सिङ, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, आँचल शर्मा, शिवहरि पौडेल, पुष्प खड्का, वर्षा राउत लगाएतको अभिनय रहेको छ ।