मौजामा स्थानियद्धारा ३०० मीटर लामो सिडी निमार्ण

बैशाख–५, पोखरा
पोखरा २० साबिक को मौजा पर्यटकीय स्थललाई आफ्नो गाउ आफै बनाउ भन्ने मूल नारालाई सार्थकता दिदै सिडी निर्माण गरेको छ । मौजा निवाशी स्व. बखत बाहादुर गुरुङको स्मृतीको सम्झनामा उहाँका पनातिहरु ठाकुर प्रसाद गुरुङ, पुष्पराज गुरुङ, ओम प्रसाद गुरुङ ,ईन्द्र कुमार गुरुङ, तिलक प्रसाद गुरुङको द्धारा करिब ३०० मीटर लामो सिडी बनाएका छन् ।

पोखरा २० मौजा निवासी बखत बाहादुर गुरुङ मार्ग को स्नैका नाती जि. मु. नमानसिंह गुरुङ द्वार उद्घाटन गरिएको छ ।

पर्यटकीय गनतव्यले भरिपूर्ण उक्त गाउँमा विभिन्न किसिमका घुम्न लायकका ठाउहरु भएको र होम स्टे संचालनमा रहेको पोखरा २० मौजा होम स्टे का सचीब प्रकास गुरुङले जानकारी दिएका छन् । बिस्तारै मौजामा पार्क पिक्निक स्पोर्ट बनाउने योजना रहेको गुरुङले जानकारी दिएका छन् ।