पोखरामा दुई स्थानमा बम फेला, डिस्पोजन गर्ने क्रममा सेनाका धर्म घाइते

बैशाख–५, पोखरा
नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहले आह्वान गरेको बन्दको दिन बिहीबार पोखराकामा बन्दको प्रभाव सामान्य परेको छ ।

बन्दका दिन पोखरामा दुई स्थानमा शंकास्पद वस्तुहरु फेला परेका छन् । पोखरा ३ नदीपुर गण्डकी प्रदेशसभा भवन नजिकै फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

कागजको डल्लो बेरेर राखेको अवस्थामा भेटिएको डेटोनेटर डिस्पोजन गर्ने क्रममा कालिभन्ज्याङ गणका नायक धर्म बहादुर थापा घाइते भएका छन् ।

उनको हातका औलाहरु चुडिएका र पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक एवं प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

यस्तै पोखरा–२९ लेखनाथमा पनि सैनिक बस्तीमा पनि त्यस्तै शंकास्पद बस्तु भेटिएको र त्यसलाई डिस्पोज गरिएको प्रवक्ता गुरुङले जानकारी दिएका छन् ।