लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको अध्यक्षमा मिना रानाभाट

पोखरा, ४ बैशाख ।

लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको लायन बर्ष १९÷२० को लागि अध्यक्षमा मिना रानाभाट चयन हुनुभएको छ ।

क्लबको प्रथम उपाध्यक्षमा गौतम रानाभाट, द्वितीय उपाध्यक्षमा सुब्बा घिमिरे, तृतिय उपाध्यक्षमा तर्क बहादुर गुरुङ चयन भएका छन् । त्यसै गरी सचिवमा लालबहादुर रानाभाट, कोषाध्यक्षमा प्रमोद रानाभाट, पिआरओमा आनन्द पौडेल चयन भएका छन् ।

त्यस्तै हेल्थ डाइरेक्टरमा भेषराज पोखरेल, फाइनान्सियल डाइरेक्टरमा तुलबहादुर रानाभाट, टेल टुइस्टरमा सुजितकुमार बिजुक्छे, आइटी डाइरेक्टरमा दुर्गा प्रसाद चुवाँई, एजुकेसन डाइरेक्टरमा प्रबिन केसी चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रीक्ट एड्भाइजर सुदिप राज ढुङ्गानाले निर्वाचित अध्यक्ष लगायत सम्पुर्णलाई बधाई दिदै लायन्स क्लबमा लाग्नु नै समाजसेवा तर्फ लाग्नु हो भन्दै क्लबमा निरन्तर लाग्नु पर्ने बताए ।

क्लबका संस्थापक अध्यक्ष हरि बहादुर भाटले क्लबले राम्रो कार्य गरेको र अझै धेरै सामाजिक कार्य गर्नुपर्ने बताए । क्लबका अध्यक्ष कृष्ण रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष मिना कुमारी रानाभाटले र संचालन सचीव तुलबहादुर रानाभाटले गरेका थिए ।