नारायणगढ मुग्लिन सडक बुधवारदेखि चौबिसै घण्टा सञ्चालनमा

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड बुधवारदेखि चौबिसै घण्टा सञ्चालन हुने भएको छ । नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठ पर्वलाई दक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड बुधवारदेखि चौबीसै घण्टा सञ्चालन हुने भएको हो ।

सडक विस्तारका क्रममा पहिरो खस्न थालेपछि गत असार २५ गतेदेखि रातको समयमा सडक अवरुद्ध हुँदै आएको थियो । चाडपर्वलाई ध्यानमा राखेर चौबिसै घण्टा सडक सुचारु गर्ने निर्णय गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

सवारी साधनको चाप बढी हुने समयमा यात्रुवाहक सवारी साधनलाई पहिलो प्राथमिकता दिइने उनले बताए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment