दशैं अघि नै कार्यक्षेत्रमा हाजिर हुन कर्मचारीलाई क्षेत्रीय प्रशासककोे निर्देशन

पर्वत । क्षेत्रीय प्रशासन कार्यालय पोखराका क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले दशै अगावै आफ्नो कार्यक्षेत्रमा हाजिर हुन कर्मचारीलाई निर्देशन दिएका छन् । मंगलवार निरिक्षणको क्रममा पर्वत आएका अर्यालले दशै अगावै कार्यक्षेत्रमा नजाने र अटेर गर्ने कर्मचारीलाई कारवाहि गरिने बताए । उनलेले धेरै स्थानिय तहहरुबाट कर्मचारी हाजिर हुन नआएको गुनासो आइरहेका बेला यस्तो निर्देशन दिएका हुन् ।

पर्वत जिल्लामा समेत सवै स्थानिय तहमा कर्मचारी हाजिर नहुँदा कामकाज प्रभावित बनेको छ । उनले भने–‘कि त तत्काल राज्यले खटाएको ठाउँमा हाजिर हुनुप¥यो नत्र विदा लिनुप¥यो ।’ विहानैदेखि राजनीतिक दल, कार्यालय प्रमुख, स्थानिय तहका निर्वाचित प्रमुख तथा उपप्रमुख र कार्यकारी अधिकृत, सुरक्षा निकायका प्रमुखसँग उनले छुट्टाछुट्टै छलफल समेत गर्नुभएको थियो । छलफलपछि पत्रकार सम्मेलन गरी आफु क्षेत्रीय प्रशासनमा आइसकेपछि पहिलोपटक जिल्ला भ्रमणमा निस्किएको र अन्य जिल्ला जस्तो पर्वतमा समस्या नभएको बताए ।

स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरुले विगतका कामहरुलाई निरन्तरता दिँदै बजेट, योजना र कार्यक्रमलाई प्रभावकारी बनाउन आग्रह गरे । उनले जनताले विगतदेखि नै खाई पाई आएका सेवा सुविधाहरुमाथि हस्तक्षेप नगर्न आग्रह गरे ।

अर्को प्रसंगमा क्षेत्रीय प्रशासक अर्यालले अब सुरक्षा निकायको सम्पुर्ण ध्यान आगामी मंसिरको चुनावमा केन्द्रित हुने बताए । आगामी चुनावलाई मर्यादित र सुरक्षित बनाउनका लागि सम्पुर्ण तयारीमा लाग्ने र एकीकृत सुरक्षा योजना बनाएर अघि बढ्ने समेत बताए ।

प्रदेश नम्वर चार सुरक्षाको हिसावले सामान्य रहेको जानकारी दिँदै उनले चुनाव केन्द्रित योजना बनाएर अघि बढ्ने समेत जानकारी दिए । उनले संविधानले दिएका अधिकार भित्र रहेर नागरिकको सेवामा लाग्न कर्मचारी, निर्वाचित जनप्रतिनिधि, सुरक्षा निकायलाई आग्रह गरे । उनले स्थानिय राजनीतिक दलसँग समेत आसन्न निर्वाचनको तयारीका बरोमा अन्तरक्रिया गरेका थिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment