साँघुमुख महेन्द्रपुल बजार समितिद्धारा खाद्यान्य वितरण

पोखरा, ३ वैशाख ।

साँघुमुख महेन्द्रपुल बजार समिति पोखराले पोखरा भलाम स्थित हरिहर सन्यास गुफा आश्रममा खाद्यान्य सामाग्री वितरण गरेको छ ।


समितिले आश्रममा नै पुगेर चामल, दाल, चना, आलु सावुन लागयतका सामग्री वितरण गरेको समितिका अध्यक्ष सूर्यराज त्रिपाठीले जानकारी दिए ।

नयाँवर्षको उपलक्ष पारेर फुजुल खर्च कटौती गरी सामाजिक दायित्व वहन गर्ने उद्देश्यले खाद्यान्य सामाग्री वितरण गरिएको समितिका सदस्य कार्यक्रम संयोजक कृष्णहरि भट्टराईले जानकारी दिए ।

त्यस अवसरमा आश्रमको तर्फबाट समितिलाई धन्यवाद ज्ञापन गरिएको थियो । कार्यक्रममा साँघुमुख महेन्द्रपुल बजार समितिका सल्लाहकार अर्जून पोख्रेल, सल्लाहकार मोतिराज तिमिल्सिना, उपाध्यक्ष रामचन्द्र तिमिल्सिना, महासचिव नवराज कोइरालाले बोलेका थिए ।

यसैगरी समितिले प्रकाश गरेको नयाँ वर्ष २०७६ सालको भित्ते पात्रोको पनि विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम पनि गरिएको छ ।

कार्यक्रममा साँघुमुख महेन्द्रपुल बजार समितिका सल्लाहकार तथा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, सााँघामुख महेन्द्रपुल बजार समितिका निर्वतमान अध्यक्ष रामेश्वर अधिकारी, संस्थापक अध्यक्ष शिव बास्तोला, सल्लाहकार अर्जून पोख्रेल, सल्लाहकार शंकर खराल, सल्लाहकार मोतिराज तिमिल्सिना, सदस्य तथा महिला उपसमिति संयोजक शाान्ति थापा, नेपाल पुस्तक तथा स्टेशनरी महासंघका केन्द्रीय सदस्य शिवराज बास्तोलाले बोलेका थिए ।


साँघुमुख महेन्द्रपुल बजार समिति पोखराका अध्यक्ष सूर्यराज त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामचन्द्र तिमिल्सिनाले स्वागत र महासचिव नवराज कोइरालाले कार्यक्रम सञ्चालन गरेका थिए ।