धादिङको घोप्टेभिरमा यात्रुबाहक बस दुर्घटना एकको मृत्यु, ३१ जना घाईते

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारस्थित घोप्टेभिरमा यात्रुबाहक बस दुर्घटना एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ३१ जना घाईते भएका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाईतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

काठमाडौंबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको लु १ ख ६६२३ नम्बरको बस सोमबार राती २ बजे तीब्र गतिका कारण आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । बसमा ४४ यात्रु थिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment