६७ औं हप्ताको बृहत पोखरा सफाई वडा ६ र ७ को संगम बुलौदीखोलामा

पोखरा । हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने नाराका साथ संचालित यस पटकको सफाई अभियान भदौ २४ गते शनिबार वडा नं. ६ र ७ को संगममा पर्ने बुलौदी खोलामा हुने भएको छ । ६७ औं हप्ताको श्रृखला अन्तर्गत बृहत पोखरा सरसफाई अभियान उक्त बुलौदी खोलामा हुन लागेको हो ।

नागरिकलाई सफाई सम्बन्धि जागरुक बनाउन सफल यस अभियानले आउदो सफाईका लागि पूर्व तयारी बैठक एवं नागरिक जागरण कार्यक्रम सम्पन्न गरेको छ ।

पूर्व तयारी बैठक एवं नागरिक जागरण कार्यक्रममा वडा नं. ६ वडा अध्यक्ष जगतबहादुर पहारी तथा वडा नं. ७ का वडा अध्यक्ष रामचन्द्र बरालले आफ्नो वडामा सफाईका लागि आफु लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा नागरिक समाज पोखराका संयोजक तथा सफाई अभियानका अभियन्ता रामबहादुर पौडेलले पोखरालाई स्वच्छ, सफा तथा हराभरा बनाउने अभियानमा हातेमालोका लागि सबैलाई आग्रह गरेका छन् ।

कार्यक्रममा वडा नं. ५, ६ र ७ सँग संबन्धित संघ–संस्था, जनप्रतिनिधि, विद्यालय, युवा क्लव, आमा समूह, टोल विकास संस्था, अभियन्ता, समाजसेवी, स्थानिय तथा पोखरा महानगरपालिकाको प्रतिनिधित्व रहेको थियो । नुवारथोक टोल विकास संस्थाका अध्यक्ष दामोदर बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन ठाकुर प्रसाद बरालले गरेका थिए ।

साथै अब हुने सफाई अभियानमा पनि सरिक भैदिनको लागि विभिन्न संघ संस्था, क्लव, आमा समूह, सामाजिक अभियन्ता, वडा वासी तथा सम्पूर्ण पोखराप्रेमीलाई आयोजकले आग्रह गरेको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment