नयाँ शक्ति विद्यार्थी युनियन प्रदेश न. ४ को अध्यक्षमा पौडेल

कमल बराल/पोखरा । नयाँ शक्ति विद्यार्थी युनियन प्रदेश न. ४ को अध्यक्षमा सुनिल पौडेल चयन भएका छन् । मंगलवार पोखरामा सम्पन्न युनियनको पहिलो सम्मेलनले प्रदेश नं. ४ को अध्यक्ष सहित ४१ सदस्यीय कार्यसमिति तय गरेको हो ।

समितीको वरिष्ठ उपाध्यक्षमा नवराज पौडेल, उपाध्यक्षमा सुमित्रा पौडेल लामिछाने र अनुपम आचार्य, महासचिव संगित लामिछान सचिवमा हिमाल वस्नेत, सुस्मिता मगराती र सचिव टेकनारायण रानाभाट र कोषाध्यक्षमा श्रीकृष्ण चापागाईं चयन भएका छन् ।

नयाँ शक्ति विद्यार्थी युनियनको राष्ट्रिय भेला आगामी भदौ २३, २४ र २५ गते हुदैछ । यसअघि संगठनलाई मजबुत र विद्यार्थीमाझ पु¥याउन देशै भरीका क्याम्पसहरुमा आधार सम्मेलन भैरहेका छन् । यसै सन्दर्भमा प्रदेश न.४ को प्रथम ऐतिहासिक सम्मेलन मंगलवार पोखरामा भएको हो ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment