बढ्यो भाउ, आज सुन प्रतितोला ५७ हजार ३ सयमा कारोवार

काठमाडौं । सुनचाँदीको भाउ मंगलवार फेरी बढेको छ । सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको छ । सुनको भाउ तोलाको ५७ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा दुई सय रुपैयाँ बढेर तोलाको ५७ हजार हजारमा कारोबार भएको सुनको भाउ फेरि बढेको हो । यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment