एसियन कप छनौटमा नेपाल र ताजिकिस्तानबीच भिड्दै

काठमाण्डौं । एएफसी एसियन कप फुटबल २०१९ को छनोट अन्र्तगत आज नेपाल र ताजिकिस्तानबीच खेल हुँदैछ । ताजिकिस्तानविरुद्वको खेलमा नेपालले तीन अंक बटुल्ने दाबी गरेको छ ।

अघिल्लो खेलमा यमनसँग घरेलु भूमिमा गोल रहित बराबरी खेलेको नेपाली टोली आज ताजिकिस्तानसँग खेल्न लागेको हो ।ताजकिस्तानविरुद्वको खेलको तयारी लागि नेपालले जापानमा एक हप्ताको तयारी गरेको थियो ।

फिलिपिन्स र यमन सम्मिलित समुहमा नेपालको एक अंक छ भने ताजकिस्तान अंकविहीन छ । समुह चरणको तेस्रो खेलमा दुवै टोली ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ वजे भिड्नेछन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment