लिगलिग पालुङटार मेयर कप फुटबलको  क्वाटर फाइनलमा गैंडाकोट नगरपालिका र देवचुली नगरपालिका  विजयी

गोरखा 
गोरखाको पालुङटारमा आयोजना गरिएको गण्डकी प्रदेश स्तरीय लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगिता को क्वाटर फाइनलबाट आयोजक पालुङटारको दुवै टिम बाहिरिएको छ ।

क्वाटर फाइनलको (शनिबार) भएको भएको पहिलो क्वाटर फाईनल खेलमा गैंडाकोट नगरपालिका र देवचुली नगरपालिका विजयी भएका छन् ।पहिलो खेलमा गैंडाकोट नगरपालिका नवलपुरले ले आयोजक पालुङटार बी गोरखालाई १ – ० ले हराएको छ ।

सो खेलमा विजयी टिम गैंडाकोटका रोशन दर्लामी मगर म्यान अफ दी म्याच घोषित भएका छन् । निकै प्रस्तिपर्धात्म रुपमा भएको खेलमा पालुङटारले आत्मघाती गोल गरे पछि गैंडाकोटले विजयी हुने अवसर पाएको थियो ।

दोस्रो खेल देवचुली नगरपालिका नवलपुरले पालुङटार बि लाई ट्राईब्रेकरमा ४ – ३ हरायो । सो प्रतियोगितामा विजयी टिम देवचुलीका गोलकिपर विशाल विक म्यान अफ दी म्याच घोषित भएका छन् ।

आईतबार क्वाटर फाईनलको पहिलो खेल गण्डकी गाउँपालिका गोरखा र गोरखा नगरपालिका गोरखा बीच हुने र दोश्रो खेल पुतलीबजार नगरपालिका स्याङ्जा र भानु नगरपालिका तनहुँब बीच खेल हुने मेयर कपका संयोजक बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

चैत ६ गतेसम्म जारि रहने पत्योगिताको प्रथम पुरस्कार रनिङ शिल्ड ट्रफी र नगद पुरस्कार २ लाख ३४ हजार ५ सय ६७ रहेको छ । त्यसैगरी दित्तिय पुरस्कार नगद १ लाख २३ हजार ४५६ राखिएको छ ।

सेमिफाइनलमा पुग्ने दुई टिमलाई क्रमशः ५४ हजार ३२१ र उत्कृष्ट खेलाडी एक जनालाई १२ हजार ३४५ पुरस्कार दिने आयोजकले बताएको छ । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट अग्रपक्ति, उत्कृष्ट मध्यपक्ति, उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकर्तालाई क्रमशः ९ हजार ८७६ पुरस्कार प्रदान गरिने छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment