नन्दन सामुदायिक वन समूह गैंडाकोट आगलागी र डढेलो जन्य गतिविधि रोक्न सक्रियता जनाउदै

गैंडाकोट
नन्दन सामुदायिक वन समूह गैंडाकोटले आगलागी न्यूनीकरणका लागि सक्रिय भएको छ । वनले गर्मी मौसम लागेसँगै आगलागी र डढेलो जन्य गतिविधि देखिने भन्दै त्यसतर्फ सक्रियता बढाएको हो ।

गैंडाकोट नगरपालिकाको ६, ७ र ९ नंं। वडामा फैलिएको वन समूहले समयमै यस्तो योजना बनाएको वन समूहका अध्यक्ष घनश्याम कंडेलले समृद्धि खबरलाई बताउनुभएको छ । प्रभावकारीरुपमा योजनालाई सफल पार्न समूहले ६ जना अतिरिक्त कर्मचारीसमेत नियुक्ति गरेको छ ।

अस्थायीरुपमा ६ जना कर्मचारीलाई नियुक्ति गरी वन समूहमा आगलागी हुन नदिने योजना रहेको अध्यक्ष कंडेलले बताउनुभएको छ । दैनिक रुपमा समूहका कर्मचारी र समूहको कार्यसमितिको पहलमा चौबीसै घण्टा बन जंगल गस्ती र निगरानीलाई तीव्र पारिएको वन समूहले जनाएको छ ।

कूल ४६१ हेक्टर क्षेत्रफलमा फैलिएको वन समूहलाई ३ प्लटमा विभाजन गरी समूहका उपभोक्ता र सरोकारवालाई समेत सुसूचित गरिएको वन समूहले जनाएको छ ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment