च्याउ फार्ममा आगलागी, तीन लाख बराबरको क्षति

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. ३३ वागमाराका कृष्णप्रसाद सुवेदीको च्याउ फार्ममा आगलागी भएको छ । सुवेदीको पोखरा १९ पुरुञ्चौरमा रहेको दाजुभाइ च्याउफार्ममा शुक्रबार राति १२ बजे आगलागी भएको हो ।

आगलागीबाट ५ हजार टनेल च्याउ करिब ३ लाखको हाराहारीमा क्षति भएको सुवेदीले जानकारी दिएका छन् । राति नै आगलागी भएता पनि विहान ८ बजे मात्र जानकारी पाएको सुवेदीले बताएका छन् । उनका अनुसार जानकारी पाउने वित्तिकै माछापुच्छ«े गाउँपालिका वडा नं. २ भुजुङ खोलामा रहेको प्रहरी चौकीमा निवेदन दिएका छन् । च्याउ खेतीका लागि लगाउन तयार गरिएको टनेल भएकोले धेरै क्षति हुन नपाएको उनले बताए । यदि लगाइसकेको टनेल भएको भए १२÷१५ लाखको क्षति हुने थियो ।

आगलागीका कारण फार्म जलेर नष्ट भएको छ । आगलागीको कारण नखुले पनि कसैले आगो लगाइदिएको हुनसक्ने आंशका गरिएको छ । आगो कसले लगाइदियो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment