गैंडाकोट जेसिज पर्यटन प्रर्बधन र पर्याबरण संरक्षणमा लाग्दै 

गैंडाकोट

गैंडाकोट जेसिस ले आज शनिवार बिविध कार्यक्रम सम्पत्र गरेको छ । जस अन्र्तगत मौलाकालिका फेदीको बनमा पर्यावरण संरक्षणका लागी बृक्षरोपण गरी स्नेह मिलन कार्यक्रम गरेको हो । त्यस्तै पर्यटन प्रर्बधनका लागी गणेश मन्दििर परिशरमा सरसफाई गर्दै डस्बीन समेत हस्तान्त्रण गरेको छ ।

कार्यक्रममा गैंडाकोट जेसीज बर्ष २०१९ अध्यक्ष भानुभक्त रिमालले पर्यटनको बिकास र पर्याबरण संरक्षणको लागि यस्तो कार्यक्रम गरिएको बताउनुभयो । त्यस्तै उक्त्त कार्यक्रमका प्रमुख अतिथी रहेका बडा नं १ का अध्यक्ष हरीप्रसाद सापकोटाले जेसीजे गरेको यो कार्यक्रमले अन्यले पनि केही सिक्नुपर्ने र पर्यावरणको संरक्षणका लागि एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जेसिजका पदाधिकारीहरु जनप्रतिनीधि लागायतको सहभागिता रहेको थियो भने सोहि कार्यक्रममा परिचयात्मक कार्यक्रम समेत गरिएको थियो ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment