गण्डकी मेडिकल कलेजका विद्यार्थी फेवातालको सीरानमा मृत भेटिए

पोखरा । गण्डकी मेडिकल कलेजका एक जना विद्यार्थी मृत भेटिएको छन् । म्याग्दीको बेनी घर भइ हाल रत्नचोक बस्दै आएका शिशिर केसी मृत भेटिएका हुन् । उनले गण्डकी मेडिकल कलेजबाट एम बिबिएस सकेर बसेका थिए ।

केसि पहिलेदेखि नै मानसिक रोगी रहेका र औषधि सेवन गर्दै आइरहेको उनीसंगै पढ्ने साथी उमेश श्रेष्ठले बताए ।

‘मलाई खोज्न परे यहाँ आउनु’ भनेर साथीलाई एसएमएस गर्दै फेवातालको सीरानमा ९प्याराग्लाईडिगं ल्याण्ड हुने ठाउँ नजिकै० उनले हाम फालेको बताइएको छ । शनिबार विहान सवा ९ बजेतिर खबर प्राप्त गरेपछि तत्काल पुगेको प्रहरी, सशस्त्रले तालबाट शिशिरको शव निकालेको डिएसपी शाहले जनाए । प्याराग्लाइडिंग ल्याण्ड हुने स्थान खपौदी क्षेत्रमा उनी भेटिएका हुन् । शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

गत फागुन १९ गते मात्रै कास्कीको अन्नपुर्ण गाँउपालिका २, ढिकुरपोखरीकी १९ बर्षीया दिव्या अधिकारीले यसैगरी फेवातालमा ज्यान फालेकी थिईन् ।प्रहरीका अनुसार १०ः३० बजे उनको शव फेला परेको हो ।

  • फोटोः उमेश पुन

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment