मिस नेपाल २०१९ का पोखराबाट ३ जना छनोट

पोखरा ।

हिडेन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आइरहेको मिस नेपाल २०१९ का लागि पोखराबाट ३ जना छनोट भएका छन् ।

मिस नेपालको पोखरा अडिसनका संयोजक एवम् पोखरा जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी मोहनप्रसाद अधिकारीको नेतृत्वमा २०१९ का लागि पोखराको विभिन्न कलेज तथा के.जी.एच होटल वाटरफ्रन्टमा भएको अडिसनबाट ३ जना छनोट भएका हुन् । मिस नेपाल २०१९ का लागि पोखराबाट १७ जनाले आवेदन दिएकोमा ३ जना मात्र छनौट भएको आयोजकले जनाएको छ । अडिसनमा हिडेन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकार, मिस नेपाल वल्र्ड २०१८ श्रृङ्खला खतिवडा, मिस नेपाल अर्थ २०१७ रोजिना श्रेष्ठ तथा पोखरा जेसिजका अध्यक्ष सन्तोष शाही निर्णायकका रुपमा रहेका थिए ।

हिडेन ट्रेजरका निर्देशक राजकर्णिकारले मिस नेपाल सुन्दरी प्रतियोगिता मात्र नभएर आफुले आफुलाई प्रमाणित गर्ने राम्रो माध्यम मात्र भएको बताए । कतिपय अवस्थामा यस्ता प्रतियोगिताहरुका विषयमा विवाद उत्पन्न हुने भएपनि मिस नेपालमा बाहिरको हल्लाहरु जस्तो नहुने उनको भनाई रहेको थियो । आफुमा भएको प्रतिभालाई प्रस्फुटन गर्ने माध्यमका रुपमा यो प्रतियोगितालाई लिन समेत उनले आग्रह गरेका छन् ।

मिस नेपालका विजेताहरुले विश्व तहमा हुने विभिन्न सुन्दरी प्रतियोगिताहरुमा सहभागिता जनाएर नेपालको प्रतिनिधित्व गर्दै विश्व सामु चिनाउन सफल भएको उनले बताए । प्रतियोगिता जित्नु मात्र नभएर विश्वमा नेपालको पहिचान दिनु नै महत्वपुर्ण कुरा भएको समेत उनले अडिसनका क्रममा बताएका थिए ।

पोखरा जेसीजको आयोजनामा भएको मिस पोखरा २०१८ का विजेता सारा बजिमयले सिधै मिस नेपाल २०१९ का लागि तालिम सत्रमा प्रवेश पाइसकेकी छिन् । नेपालले अन्तर्रा्ष्ट्रिय रुपमा मिस वल्र्ड, मिस युनिभर्स, मिस अर्थ, मिस इन्टरनेशनल र मिस सुप्रा नेशनलमा सहभागिता जनाउँदै आएको छ ।

पोखरा जेसीजको तर्फबाट पुर्व अध्यक्षद्वय बसन्त उदास तथा शिवप्रसाद कोइराला, जेसीजका वर्ष २०१९ का सल्लाहकार जेसी शिव प्रसाद सापकोटा, जेसी किरण केसी, कानुनी सल्लाहकार जेसी मीनराज खड्का, निर्देशक सुमन पहारी, सदस्य बिनु श्रेष्ठ र मिराज ढकाल अडिसनका क्रममा सहभागी भएका थिए ।

त्यस्तै कार्यक्रमको सञ्चालन जेसीआई पोखरा वर्ष २०१९ का महासचिव जेसी शक्ति बरुवालले गरेका थिए । मिस नेपाल २०१९ को ग्राण्ड फिनाले आगामी २०७६ वैशाख २६ गते काठमाडौँमा हुने छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment