द म्यान फ्रम काठमाण्डौँ’ भोलिदेखि देशभर प्रदर्शनमा आउँदै

पोखरा ।

‘द म्यान फ्रम काठमाण्डौँ’ फिल्म भोलि शुक्रबारदेखि प्रर्दशनमा आउदै छ ।

फिल्मलाई पेमा धोन्डुपले निर्देशन गरेको छन् भने निर्माता का रुपमा नकिम उद्रिन रहेका छन् । राष्ट्रिय मात्र नभई अन्तर्रा्िष्ट्रय स्तरमा नेपाली फिल्मको बजार विस्तार गर्ने उद्देश्य राखेको चलचित्र चैत्त १ गते शुक्रबारदेखि देशभर एकैसाथ प्रदर्शनमा आउन लागेको हो ।

फिल्ममा नेपाली संगै विदेशी कलाकारहरुलाई एकसाथ अभिनयमा देखाउन खोजेको निर्माता नकिम उद्रिनले बताए ।‘फिल्म नेपाली र अंग्रेजी दुबै भाषामा निर्माण गरिएको छ,’ उनले भने, ‘यस्तो फिल्मले अन्तर्रा्िष्ट्रय बजार पाउन सकिन्छ ।’

फिल्ममा कलाकार कर्म शाक्यले फिल्ममा नेगेटिभ क्यारेक्टरको अभिनय गरेका छन् ।‘‘हलिउड तथा बलिउड कलाकारहरु संगै काम गर्दा पाउँदा धेरै खुसी भएको अनुभव उनले बताएका छन् ।

नेपाली चलचित्रमा फरक किसिमको कथा वस्तु देख्न सकिने कलाकार आना शर्माले जानकारी दिइन् । ५ करोड लागतमा निर्माण भएको फिल्मको सुटिङ अमेरिका र काठमाण्डौँमा गरिएको थियो ।

फिल्ममा अमेरिकाका कलाकार पाकिस्तानी कलाकार बलिउड कलाकार साथमा नीर शाह, कर्मा, आना शर्मा, अमिर गौतम, शिशिर वाङ्देल, कविता मानन्धर, मिथिला शर्मा लगाायतका कलाकारहरुले अभिनय गरेका छन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment