हम्मर प्रहारबाट आफ्नै साथीको मृत्यु

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ३ पाल्चोकमा बर्दियाका ३० वर्षीय बिशाल चौधरीको हत्या भएको छ । हेलम्बु गाउँपालिकास्थित जय बागेश्वरी माध्यमिक विद्यालय निर्माणमा खटिएका सोही जिल्लाकै १८ वर्षीय सुजन चौधरीले सामान्य विवादमा फलामे हम्मरले हानेर विशालको हत्या गरेका हुन् ।

बर्दियाका बिशाल र सुजन उक्त विद्यालय निर्माण कार्यमा सुरुको दिनदेखि एकैसाथ खटिएका थिए । आइतबार बेलुका दुवैले मादक पदार्थ सेवन गरिरहेको अवस्थामा सामान्य विवाद भएपछि सुजनले विशालमाथि फलामे हम्मर प्रहार गरेका थिए ।

हत्याका आरोपी सुजनलाई तत्कालै नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी मेलम्चीले जनाएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment