को बन्छ लोक स्टार ?? चैत्त २ गते पोखरामा अडिसन हुदैँ

पोखरा ।

नेपाली सांगीतिक क्षेत्रकै सबैभन्दा ठूलो रियालिटी शो ‘को बन्छ लोक स्टार’को चैत्त २ गते पोखरामा अडिसन सुरु हुँदै छ ।

गण्डकी प्रदेशका विभिन्न ठाउँबाट फर्म भरेकाहरुका लागि चैत्र २ गते पोखराको जनप्रिय उच्च माध्यामिक विद्यालय, सिमल चौरमा अडिसन हुने भएको हो । यसअघि प्रदेश ५, ६ र ७ को अडिसन सम्पन्न भैसकेको छ ।

प्रदेश १ को अडिसन इटहरीमा हुनेछ । त्यहाँको पिस जोन हायर सेकेन्डरी स्कुलमा चैत्र ११ गते अडिसन लिइनेछ । प्रदेश २ अन्र्तगत जनकपुरमा चैत्र १६ गते स्थानिय आरआरएम क्याम्पसमा अडिसन हुनेछ । अडिसनको अन्तिम स्थान तय गरिएको छ, प्रदेश नम्बर ३ अन्र्तगत काठमाडौंलाई । काशठमाडौंमा चैत्र २३ गते इङ्लिश प्रिपरेटोरी स्कुल मिनभवनमा अडिसन लिइनेछ ।

कार्यक्रममा खुला रुपमा जो कोहिले सहभागी हुन पाउँछन् । जुनसुकै भाषा, जुनसुकै समुदाय, जुनसुकै भूगोलको लोक गीत गाउन सक्छन् । सहभागीको गायकीको आधारमा उत्कृष्ट प्रतिभा छनौट गरिने चाहना मिडिया प्रालिका सहदेव कोइरालाले बताए । देशभरबाट लोक गायनमा खारिएका प्रतिभा खोज्ने यस रियलिटी शोमा शीर्ष उपाधी जित्नेले ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी दोस्रो हुनेले २५ लाख रुपैयाँ र तेस्रो हुनेले १० लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । कार्यक्रम एपिवान टेलिभिजनबाट प्रशारण हुनेछ । यसका लागि भने अझै केही समय पर्खनुपर्नेछ । कार्यक्रम साढे सातदेखि ८ बजेसम्म प्रत्येक शनिबार र आइतबार प्रशारण हुनेछ । नेपाली लोक स्टारको ३१ भाग बन्ने आयोजक चाहना मिडियाले जनाएको छ ।

यसमा जो कोहीले भाग लिन सक्छन् । देशभरका ७७ जिल्लाका ९५ वटा एफएम स्टेशनबाट अडिसनको लागि फारम भर्न सकिनेछ । त्यसो त अडिसनकै बेला पनि तुरुन्तै फारम भर्ने सुविधा दिइएको छ । विदेशमा बस्नेहरुले पनि मोवाइल एपको मद्दतले फारम भर्न सक्नेछन् । यसका लागि सातवटै प्रदेशमा अडिसन हुनेछ ।

यो कार्यक्रमको मार्के्िटङ आरएन आइकनले गरेको हो । स्थानिय क्षेत्रमा हुने अडिसनमा स्थानिय संगीत विज्ञलाई निर्णयकको रुपमा निम्त्याइनेछ । यसको मूख्य निर्णयक भने जयनन्द लामा, सुनिता दुलाल, राजमजी खाँड, बिबि अनुरागी रहनेछ । कार्यक्रम संचालन सुभेक्षा खड्का र अशोक धितालले गर्नेछन् । कार्यक्रमको निर्देशन सुरेश पौडेलले गर्ने कार्यक्रमका संयोजक माधव थापाले जनाएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment