प्हच्यु तमु साँगीतिक साँझ–२०७५ को तयारी पुरा

पोखरा ।

प्हच्यु तमु परिवार नेपाल केन्द्रीय समिति पोखराले आउदै चैत्र १ गते पोखरा सभागृहमा आयोजना गर्ने प्हच्यु तमु साँगीतिक साँझ–२०७५को तयारी पुरा गरेको छ। आइतवार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी चैत्र १ गते २ बजेदेखि पोखरासभागृह प्हच्यु तमु कलाकारहरुले एक मञ्चबाट प्रस्तुति गर्ने सांगीतिक कार्यक्रमको मञ्च सजावट बाहेकको सबै तयारी पुरा भएको जानकारी गराएको हो।

प्हच्यु तमु परिवारविच एकापसमा चिनजानी र कलाकारितामा रहेका प्हच्यु कलाकारहरुलाई एकै स्टेज मार्फत सांगीतिक कार्यक्रममा प्हच्यु कुलका चर्चित लोक तथा दोहोरी गायिकाहरु दुर्गा तमु, सर्मिला तमु, सविना तमु, भिमु तमु चर्चित गायक दुर्गा तमु, सालैजोका बादशाह राजु तमु, सागर तमु, शंकर बिरही तमु, गगन तमु, शिब तमुु, निशा तमु लगायतले विशेष प्रस्ुतति गर्ने चलचित्र निर्देशक एवं वरिष्ट कलाकार प्रितम तमुले जानकारी दिनुभयो। यसरी नै कार्यक्रममा लोक दोहोरी प्रस्तुतिसँगै प्हच्यु चेलीहरुसँग दोहोरी गाउने कोही भए आमन्त्रण समेत पत्रकार सम्मेलनमार्फत गरिएको थियो। कार्यक्रममा तमु चलचित्रका प्हच्यु नायक नायिकाहरुको विशेष साँस्कृतिक प्रस्तुति समेत हुने बताइको थियो। करिब ४ घण्टा लामो साँस्कृतिक कार्यक्रममा मौलिक नृत्यहरु, चर्चित गीतहरुका विशेष नृत्यहरु प्रस्तुति हुने प्रितम तमुले जानकारी दिनुभयो।

प्रवेशका लागि १ हजार, ५ सय र ३ सय रुपैया टिकट रहेको कार्यक्रमबाट करिब १० लाख संकलन गरी ७ लाख खर्च र ३ लाख बचत हुने आयोजकले अनुमान गरेको छ। प्हच्यु तमु परिवार युके मुख्य प्रायोजक रहेको कार्यक्रममा स्वदेश विदेशबाट दाजुभाईहरुबाट सहयोगको जारी रहेको बताइएको थियो । कार्यक्रमको प्रमुख अतिथि प्रदेश मुख्य मन्त्री पृथ्वीसुब्बा तमु र विशेष अतिथि तमु ह्युल छोंज धिंका केन्द्रीय अध्यक्ष रेशम प्हच्यु रहेको जानकारी गराइएको थियो।

उक्त बचत रकमले प्हच्यु तमुको बंशावली तयार गर्ने, मौलिक सँस्कृतिलाई उजागर गर्दै अग्रज कलाकार, नवकलाकार, श्रष्टा बिच हालेमालो गर्ने, प्हच्यु तमुको उद्गम स्थलको पहिचान गरी संरक्षण, सम्वद्र्धन र प्रचार प्रसार गर्ने उद्धेश्य रहेको परिवारका सचिव खड्ग तमुले जानकारी दिनुभयो। यसरी नै तमु समुदाय भित्र रहेका एृतिहासिक स्थल, धार्मिक धरोहर, सम्पदाको प्रचार प्रसार, संरक्षण गर्ने, तमु जातिय पहिचान बनेको चुड्का(कौडा), सालैजो, सोरठी, घाँटु लगायतको मौलिक गीत नृत्यको संरक्षण लगायत रचनात्मक कार्यक्रमहरु गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।

२०७० साल चैत्र १५ गते स्थापना भएको प्हच्यु तमु परिवार नेपाल केन्द्रीय समिति पोखराले प्हच्यु वंशीय तमुहरुलाई एकतावद्ध, आपसमा परिचय गराने, भावी सन्ततिलार्य नाताको पहिचान गराउदै प्हच्युहरुलार्य सामाजिक, धार्मिक, साँस्कृतिक क्षेत्रमा पारस्परिक सम्बन्ध कायम गरी सहयोग आदान प्रदान गराउने उद्धेश्य लिएको पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति बाचन गर्दै सचिव खड्ग तमुले बताउनुभयो। प्हच्यु तमु परिवार नेपाल केन्द्रीय समितिकी उपाध्यक्ष डिलमाया तमुको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव निम प्हच्यु तमुले संचालन गर्नुभएको थियो।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment