हाम्रो सहयोगी हातहरु नामक सस्थाको अधिवेशनवाट गोबिन्द ठकुरी चयन

पोखरा ।

युवाहरुलाइ सामाजिक क्षेत्रमा क्रियाशिल गराउने उदेश्यले स्थापति हाम्रो सहयोगी हातहरु नामक सस्थाले पहिलो अधिवेशन सम्पन्न गरेको छ। पोखराको रामबजार स्थित कालिका उमाविमा अध्ययन गरेका भुपु विधार्थीहरुको एक समुहले सामाजिक क्षेत्रमा युवाहरुलाई पनि सामाजिक क्षेत्रमा क्रियासिल गराउन सस्था जन्माएका थिए।हाल सस्था रामबजार १०१५मा क्रियाशिल हुदै आईरहेको छ।

सस्थाको प्रथम अधिवेशनलाई उद्घाटन सफल युवा व्यवसायी दियालो रेष्टुरेण्ट एन्ड बार का सञ्चालक ले गरेका थिए। उद्घाटन गर्दै ले युवाहरुले लिएको यो पहलकदमीलाई साचिक्कै सम्मान योग्य रहेको बताएका छन उनले यस्ता सहनीय कार्यको प्रशशा गर्दै संस्थामा कुनै राजनैतिक भागवण्डाको छाप पनि पर्न नहुने बताए।सस्थाको पहिलो अधिबेशनले गोबिन्द सिहँ ठकुरीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ।

जसको उपाध्यक्षमा सरोज गुरुङ,दुर्गा गुरुङ,याम पुन सचिवमा डबिन गुरुङ सहसचिवमा सागर आले,कोषाध्यक्षमा बिनोद गुरुङ सहकोषाध्यक्षमा सुजाता गुरुङ सदस्यदयमा पुर्ण गुरुङ, खुममाया गुरुङ,मिन थापा,रेसम राना बिनु गुरुङ,बबिता रोक्कासरोज तामाङ सन्दिप बडुवाल र हेमन्त आले रहेका छन।नव निर्वा्चित अध्यक्ष ठकुरीले अध्यक्ष पद ग्रहण गर्दै सदैप बिगतका दिन झै सस्थाको बिकास र सामाजिक कार्यमा योगदान पुर्याउन सहयोगी मन र हातहरुको साथ पाइ रहन सुभेक्षा प्रकट गरेका थियो ।

कार्यक्रममा सस्थाका सचिव डबिन गुरुङले सस्था स्थापना कालदेखी अहिले सम्म सस्थाले खेलेका भुमिका,आवद्द सदस्यहरुको जानकारी र सस्थाले गरेका गतिविधिहरुको प्रदिवेदन पेश गरेका थिए।त्यसै गरी कोषाध्क्ष बिनोद तमुले हाल सम्मका आर्थिक आय व्यय प्रस्तुत गर्दै स्थापनाको छोटो समयमा नै सस्थाले आर्थिक रकम साढे एकलाख जम्मा सफल रहेको भन्दै खुसी प्रकट गरे। जापानमा रहेका छोटो समय बिदामा नेपाल आएका सस्थाका सुभचिन्तक सद्स्य धनमाया थापाले कार्यक्रममा आफ्नो तर्फबाट सस्थाको बिकाशको लागी भन्दै ५०००।( रकम बितरण गरेका थिए।

कालिका उमावि रामबजारका भूपू विधार्थीहरुले गठन गरेको हाम्रो सहयोगी हातहरु नामक सस्थाले ले दिपावली २०७५ सालको अवसरमा खेलिएको देउसी भैलोबाट संकलन भएको रकमबाट अक्षयकोष स्थापना गर्ने भएको छ विभिन्न सामाजिक कार्यमा र विशेषत गरिव तथा जेहेन्दार बिधार्थीहरुको उच्च शिक्षामा सहयोग गर्नका लागी अक्षयकोष स्थापना गर्ने निर्णय गरेको सस्थाका अध्यक्ष गोबिन्द ठकुरीले जनाएको छ। यसबाट उठेको रकम सस्थाले पिकनिक जस्ता अनावश्यक कार्यमा खर्च नगर्ने जानकारी समेत अध्यक्ष ठकुरी बताए।

कालिका उमा बि लगाएत सामाजिक सेवामा चासो राख्ने युवाहरुर्ले हाम्रो सहयोगी हातहरु नामक सस्थाको स्थापना गरेर आफ्ना गतिविधिहरु अगाडी बढाई रहेका छन । २०७५ सालमा खेलिएको देउसी भैलो बाट सस्थाले साढे एक लाख रकम संकलन गरेको सस्थाका कोषाध्य बिनोद गुरुङ्गले बताए।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment