विजयपुर पुलमा वैकल्पिक व्यवस्थाविनै मर्मत थाल्दा दर्जनौ ट्रकहरु अलपत्र

पोखरा ।

पोखरा २६ र १४ जोड्ने पोखराको मुख्य प्रवेशद्वारका रुपमा रहेको विजयपुर पुलमा वैकल्पिक व्यवस्था नगरीकनै मर्मत थालिएपछि पोखरा, स्याङजा, पर्वत, बाग्लुङ, म्याग्दी लगायतका जिल्लामा सामान लिएर जान लागेका ट्रकहरु अलपत्र परेका छन् ।

पुलमा मात्रै सूचना टाँसेर काम थालेपछि कतिपय ट्रकहरु पुलसम्म आएर फर्कनु परेको थियो । गगनगौडा क्षेत्रमा दर्जनौ ट्रकहरु रोकिएका हुन् । बिजयपुर खोलाको पुल जोखिममा परेको भन्दै एक हप्ता पहिलदेखि मर्मत थालिएको थियो ।

सडक डिभिजन कार्यालयले भने पुल भन्दा केहि माथिबाट कल्भट राखेर सवारी साधानलाई डाइभर्सन रोड मार्फत् सञ्चालन गर्ने योजनाका साथ काम भइरहेको जनाएको छ । स्टिल ब्रिज प्रणालीमा निर्मित पुलको स्टिल ठाउँठाउँमा चर्केपछि मर्मत कार्य शुरु गरिएको हो ।

ओभर लोड गाडीलाई रोकेर पुलमा तलबाट सर्पोट दिने कार्य शुरु गरिएको छ । तर शुन्य भार बनाएर मर्मत गर्नुपर्ने सडक डिभिजन कार्यालयका प्रमुख हरिकुमार पोखरेलको भनाई रहेको छ । उनका अनुसार पुलका बटम कड र क्रस मेम्बर करिब ८ ठाउँमा चर्किने र भाचिने अवस्थामा पुगेका छन् ।

समयमा नै मर्मत नगरेमा पुल नै क्र्यास हुने संभावना रहेकाले मर्मत कार्य शुरु गरिएको हो । ७४ दशमलव २ मिटर लम्बाई रहेको सो पुल २०६४ सालदेखि सञ्चालनमा आएको थियो ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment