पोखार चेम्बर अफ कमर्सले गर्यो ७ विधामा ७ नारी सम्मान 

पोखरा

प्रकाश रसाईली ,
१०९ औ नारी दिवसको सन्दर्भ पारेर पोखरा चेम्बर अफ कमर्शले ७ विधामा उत्कृष्टता हासिल गरेका ७ जना महिलाहरुलाई सम्मान गरेको छ ।

पर्यटन मा ईन्दिरा बराल , शिक्षा क्षेत्रबाट उमा लामिछाने ,सहकारी तर्फ कमलादेबी गीरी, उधमशीलतातर्फ राजकुमारी पन्थी,संचारतर्फ नरमाया रसाईली ,कलाकारीतातर्फ मीलन शेरचन , यातायाततर्फ टयाक्सी चालक विष्णु कुँवर लाई सम्मान गरिएको हो ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरी चुमानले सम्मानित व्यक्तिहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए । उनले कार्यक्रममा सम्मानित व्यक्तिहरुलाई बधाई दिदै आगामी दिनमा महिलाहरु लाई सक्रिय भएर अगाडि बढन आग्रह गरेका छन् ।

महिलाका पक्षमा कानुन धेरै बनेको तर महिलाहरुलाई त्यति जानकारी नभएको हुँदा कानुनको बारेमा सम्पुर्ण महिलाहरु जानकार हुनुपर्नेमा जोड दिएका छन् । ज्

गण्डकी प्रदेश सभा सदस्य प्रभा कोईरालाले महिलाहरु का पक्षका कानुन बनेपनि निर्णायक तहमा अझै महिलाहरु को सहभागिता त्यति हुन नसकेको र अवका दिनमा सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिएकी छन् ।

पोखरा चेम्बर अफ कमर्शका अध्यक्ष किसान सुनारले यसरी विभिन्न ७ विधामा अब्बल कर्म गरेका प्रखर महिलाहरुलाई सम्मान गर्न पाउँदा निकै खुशी लागेको बताएका छन् । सम्मानित व्यक्तित्वहरु आगामी दिनमा सबैको प्रेरणाको स्रोत बन्नुपर्ने भन्दै शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा चेम्बरका सल्लाहकार यदुनाथ अधिकारी , महासचिब उमाराज बाँस्तोला , चेम्बरको उद्योग तर्फका उपाध्यक्ष एंप कार्यक्रम मा संयोजक गीता तिवारी गौतम र उपाध्यक्ष यमनाथ पौडेलले बोलेका थिए। बसोही कार्यक्रममा गीता तिवारी को अध्यक्षतामा महिला चेम्बर अफ कमर्श गठन गरिएको थियो ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment