धर्म र संस्कृतीको पालना भएमात्र मुलुक समृद्ध–केसी

पोखरा ।

संघिय सांसद सूर्यबहादुर केसीले धर्म र संस्कृतीको पालना भएमात्र मुलुक समृद्ध बन्न सक्ने बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नम्बर २७ रिठेपानीमा निर्मित दुर्गा बहुउद्येश्यिय भवनको आज एक समारोहका विच उद्घाटन गर्नुहुँदै साँसद केसीले सो कुरा बताउनुभएको हो ।

उहाँले समृद्ध भनेको भौतिक विकास मात्र नभएर आध्यात्मिक चिन्तनको पनि विकास हुन हो भन्नुभयो । सकारात्मक सोंचबाट थालनी गरियो भने हरेक क्षेत्रमा सफलता मिल्ने बताउनुहुदै मातृशक्तिको एकता र क्रियाशिलताले समाज परिवर्तनमा झनै योगदान पुग्ने बताउनुभयो ।

झण्डै ५५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको सो भवन निर्माण कार्यमा सहयोग गर्ने दातालाई समेत सम्मान गर्नुभयो । साँसद केसीले मुलुकको विकास गर्न सरकारले प्रतिपक्षलाई समेत समेटेर लानुपर्ने उल्लेख गर्नुहुँदै निजि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा उहाँले नेपाल असम्लध्न परराष्टनीति सिद्धान्त लिएइ अगाडी बढेको बेला दुई छिमेकी विचको सम्बन्धलाई प्रगाढ बनाउँदै अन्य मुलुकहरुको कुटनीतिक सम्बन्धलाई अझै विस्तार गरिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा भवन निर्माणका लागि केसीले २ लाख १ हजार रुपैयाँ प्रदान गर्नुभयो । कार्यक्रममा वडा नम्बर २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ्गले सो वडाको विकासका लागि निर्माण गरिएका सामुदायिक भवलनले समाजमा समाजिक सद्भावलाई अझै मजदुब बनाउनु लैजानुलाई यसवर्ष मात्र १५ करोड खर्च सडक शिक्षा खानेपानीमा खर्च गरिएको बताउनुभयो । त्यसैगरि भगवति हाइड्रोपावरका निर्देशक बसन्तमोहन भटराइले सामाजिक भवन निर्माण मात्र नभएर यसको उपयोग र संरक्षणमा पनि समुदायनै लाग्नुपर्ने बताउनुभयो ।

दुर्गा बहुउद्येश्यि आमा समुहका अध्यक्ष कन्या गुरुङ्गको सभाध्यक्षमा भएको कार्यक्रमा सचिव बत्ति गुरुङ्गले बोल्नुभएको थियो भने ९३ वर्षका मेजर अमरबहादुर गुरुङ्गले नगद १ लाख हस्तान्तरण गर्नुभयो भने कार्यक्रममा दर्जनौं दातालाई सम्मान गरिएको थियो ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment