सिर्जनामा खेलकुद सप्ताह सुरु

पोखरा ।

नेपाल युवा रेडक्रस सर्कल, सिर्जना आवासीय माध्यमिक विद्यालयको व्यवस्थापनमा खेलकुद सप्ताह सुरु भएको छ । खेलकुद प्रतियोगिता ३ दिनसम्म चल्ने विद्यालयले जनाएको छ ।

सिनियरतहको छात्र भलिबल प्रतियोगितामा पहेलो सदन प्रथम र हरियो सदन द्वितीय भएको विद्यालयका संस्थापक प्राचार्य डोलराज पाण्डेले जानकारी दिए । सिनियरतहको छात्रा भलिबलमा रातो सदन प्रथम र हरियो सदन द्वितीय भएका छन । सिनियरतह छात्र छेलो फाल्ने प्रतियोगितामा हरियो सदन प्रथम र पहेलो सदन द्वितीय भएका छन ।

सिनियरतह छात्रा छेलो फाल्ने प्रतियोगितामा रातो सदन प्रथम र पहेलो सदन द्वितीय भएका छन । सिनियरतह छात्र कबड्डी प्रतियोगितामा निलो सदन प्रथम, पहेलो सदन द्वितीय भएका छन ।

सिनियरतह छात्रा कबड्डी प्रतियोगितामा रातो सदन प्रथम र पहेलो सदन, द्वितीय भए । प्राथमिक विद्यालयतह (२–५) छात्र फुटबल प्रतियोगितामा प्रथम हरियो सदन प्रथम र रातो सदन द्वितीय भएका छन । प्राथमिक विद्यालयतह (२–५) छात्रा फुटबल प्रतियोगितामा प्रथम पहेलो सदन प्रथम र रातो सदन द्वितीय भएको विद्यालयले जनाएको छ ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment