तराईका बाढी प्रभावित जिल्लामा राहत वितरण

पोखरा । एक्टिभिस्टा कास्की र छहारी युवा क्लब मालिका गा.पा ४ फुलबारीको सहकार्यमा तराईका बाढीप्रभावित जिल्लामा राहत वितरण गरिएको छ । तराईको सप्तरी, राजबिराज ९ बिहारपुर, राजबिराज ८ मलेत, बिनय नगर लगायका ३ स्थानमा १ सय ७० घरपरिवारलाई खाद्यान्न र लत्ताकपडा गरिइएको गायिका माया पुन मगरले जानकारी दिईन् ।

राहत वितरण गर्न एक्टिभिस्टा कास्कीका सदस्य तथा गायिका माया पुनको नेतृत्वमा छहारी क्लबका तुलन बुढा मगर, कमल सापकोटा, सरु पुन, सुस्मा घमाल, ललित पुन, सन्जय गुरुङ, बिधान रानामगर लगायत ८ जनाको टोली गत भदौँ १४ गते बाढी प्रभावित जिल्ला प्रस्थान गरेको थियो ।

बाढीले आक्रन्तम बनाएको तराईमा बाढी प्रभावित जनतालाई आफुले सक्दो सहयोग गर्न गायिका पुनले सबैलाई आग्रह गरेकि छिन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment