स्व.ग्याल्पो लामाको स्मृतीमा अन्तर लायन्स ब्याडमिण्टन प्रतियोगिता हुने

पोखरा ।

लायन्स क्लब अफ पोखरा अन्नपूर्णको आयोजनामा ‘स्वस्थ मुटुका लागि ब्याडमिन्टन’ भन्ने मुल नाराका साथ पोखरामा ग्याल्पो स्मृति ११ औ अन्तर लायन्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

लायन्स क्लव अफ पोखरा अन्नपूर्णका संस्थापक सदस्य स्वर्गिय ग्याल्पो लामाको स्मृतीमा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता सञ्चालनार्थ स्व.लामाको परिवारले ५५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । लामाका अष्टे«लिमा रहेका साथीहरुले पनि अक्षयकोषमा सहयोग गर्ने आयोजक क्लवले जनाएको छ । साथै क्लवका सदस्यहरुबाट स्वतःस्फुर्त प्राप्त रकमलाई पनि अक्षयकोषमै जम्मा गरिने बताइएको छ ।

यहि फागुणको २५ देखि २६ गते सम्म पोखरा रंगशालाको कर्भडहलमा सञ्चालन हुने उक्त प्रतियोगितामा मेन्स ओपन डबल्स र भेट्रान्स डबल्स गरि दुई वटा इभेण्टमा प्रतिस्पर्धा हुने आयोजक क्लवले जानकारी दिएको छ । प्रतियोगितामा भाग लिने खेलाडी लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बि वान नेपालको सदस्य हुनुपर्ने आयोजक क्लवका पूर्वाध्यक्ष यदुनाथ अधिकारीले जानकारी दिनुभयो ।

४५ वर्ष माथिका खेलाडीले भेट्रान्सतर्फ भाग लिन पाउनेछन् । खुलातर्फ क्षेत्रिय तथा राष्ट्रिय स्तरका प्रतियोगितामा भाग लिइसकेका लायन्स खेलाडीहरुले पनि सहभागिता जनाउन पाउने प्रतियोगिता संयोजक समेत रहेका अधिकारीले बताउनुभयो । प्रतियोगितामा भाग लिन आगामी २२ गते सम्म पोखरा रंगशालामा सम्पर्क गर्न पनि अधिकारीले आग्रह गर्नुभयो ।

प्रतियोगिताको दुवै इभेण्टमा प्रथम तथा द्वितिय स्थान हाँसिल गर्ने खेलाडीले ट्रफि, मेडल,प्रमाण–पत्र तथा गिफ्ट ह्याम्पर पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न झण्डै २ लाख ५० हजार खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment