इतिहासमै पहिलो पटक ठुलो परिमाणमा सुन बरामद, क्षेत्रपाटीबाट ८८ किलो सुन नियन्त्रण

काठमाडौं । नेपालको इतिहासमै पहिलो पटक ठुलो परिमाणमा सुन बरामद भएको छ । काठमाडौंको क्षेत्रपाटीबाट अवैध रुपमा ल्याइएको ८८ किलो सुन प्रहरीले बरामद गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले ८८ किलो सुनसहित गाडी र चालकलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी आयुक्त जयबहादुर चन्दले जानकारी दिए ।

राति दुई बजेतिर प्रहरीले उक्त सुनसहितको गाडी पक्राउ गरेको हो । बा १७ च ६४२७ नम्बरको टाटा सफारीमा लुकाइ राखिएको सुन बरामद गरिएको प्रहरीले जनाएको छ । चालक मकवानपुरका मनोज अधिकारी भएको प्रहरीले जानकारी दिएको छ । चालक, सुन र गाडीलाई पक्राउ गरी टेकुमा राखिएको चन्दले जानकारी दिए । चन्दले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रहरीले दिएको जानकारीअनुसार उक्त सुन चिनियाँ नागरिकको भएको बताइए पनि पुष्टि भने हुन सकेको छैन । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो ।

भन्सार छली गरेर ल्याइएको सुनमध्ये यसरी पक्राउ गरिएको यो सबैभन्दा धेरै हो । यसअघि अघिल्लो सातामात्रै १५ किलो सुनसहित पक्राउ गरेको थियो भने गत वर्ष ३३ किलो सुनसहित पक्राउ परेका थिए ।

तस्वीर:डिल्ली पाण्डे/बाह्रखरी डट कम

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment