पोखराको उक्तमचोकमा आइतबारबाट साङ्गयोङ्ग मोटर्सको शोरुम सञ्चालनमा

पोखरा ।

आइ.एम.एस ग्रुपको आधिकारिक विक्रेताको रुपमा रहेको साङ्गयोङ्ग मोटर्सले पोखराको उक्तमचोकमा आजबाट आफ्नो शोरुम सञ्चालनमा ल्याएको छ । कार्यक्रमका प्रमुख अतिथि आर्थिक मालिला तथा योजना मन्त्री किरण गुरुङ, आइ.एम.एस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, सि.इ.ओ दिकेश मल्होत्रा, मोटर्सका निर्देशक बिमल सार्व्थिया तथा मिस नेपाल २००९ जेनिशा मोक्तान मल्होत्राले संयुक्त रुपमा शोरुमको उद्घाटन गरेका हुन् ।

शोरुम सञ्चालनको अवसरमा स्याङयोङले पोखरा क्षेत्रका ग्राहकका लागि विशेष छुट सहितको ‘स्याङयोङ सुपर सेभिङ एण्ड जिरो म्यान्टिनेन्स कष्ट अफर’ सञ्चालनमा ल्याएको छ । जस अन्तरगत गाडीको खरिदमा २ वर्षको मेन्टनेस खर्च २ वर्ष निशुल्क, स्पेस मुल्य र एक्सचेन्ज गर्दा उत्कृष्ट भ्यालुसेनको व्यवस्था, झन्झट्मुक्त तरिकाले बैङ्क फाइनान्सीङ्गको व्यवस्था, ६० हजार किलोमिटरसम्म ३ वर्षे वारेन्टी, ५ वर्षसम्म फ्री सर्भि्सिङ्ग, अन्य आवश्यक उपकरणहरु निशुल्क लगाएत रहेका छन् ।

शोरुम उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि आर्थिक मामिला मन्त्री गुरुङले गण्डकी प्रदेशका पोखरा लगाएत हरेक ठाउँहरुमा लगानी गर्ने व्यवसायीहरुलाई स्वागत गरिने बताए । सामाजिक सञ्जालमा व्यवसायप्रिति नकारात्मक टिप्पणीहरु बढी भएपनि त्यस्ता टिप्पणीहरुमा ध्यान नदिन उनको आग्रह रहेको थियो । व्यवसायीहरुका लागि अहिलेको मुख्य समस्या भनेको बैंकिङ्ग कारोबार भएकाले त्यो समस्या पनि अबको केही समयमा नै समाधान हुने उनले दावी गरेका छन् । नेपाली बजारमा यो गाडीको मुल्य ६५ लाख ९९ हजारसम्म पर्न आउने नेपालका लागि आई एम एस ग्रुपको आधिकारिक विक्रेताको रुपमा साङ्गयोङ्ग मोटर्सकी सेल्स तथा अपरेशन प्रमुख सृष्टी मानन्धरले बताइन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment