हिमालयन शेर्पा क्लब र धरान फुटबल क्लब भिड्दै

पोखरा ।

पोखरामा जारी आहा रारा गोल्डकपको आज दोस्रो दिन हिमालयन शेर्पा क्लब र धरान फुटबल क्लब भिड्दै छन् । खेल पोखरा रंगशालामा दिउँसो २ बजे पछि सुरु हुने छ ।

यसअघि हिजोे भएको उद्घाटन खेलमा आयोजक साहारा क्लब सशस्त्र प्रहरीको एपीएफ क्लबसँग पराजित भएको छ । आयोजक सहारा क्लब एपिएफसँग सडनडेथको शिकार भएको हो ।

निर्धा्रित समयमा दुबै पक्षबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआइटमा पनि खेल ४–४ को बराबरी भएपछि सडनडेथमा पुगेको थियो । सडन डेथमा सहारा क्लबका अञ्जन देवकोटाले प्रहार गरेको बललाई एपीएफका गोल रक्षक रमन रसाइलीले सजिलै छेकिदिए । उनले बल छेकेसँगै जित एपीएपको पोल्टामा परेको हो ।

खेलको १७ औं मिनेटमा आयोजक टिम सहारा क्लबका विनोद गुरुङले गोल गरेका थिए । त्यस लगत्तै एपीएफका आशिष लामाले १८ औं मिनेटमा गोल फर्काएर खेललाई बराबरीमा ल्याए । पहिलो हाफमा १÷१को बराबरी भएको खेल दोस्रो हाफ र ३० मिनेटको अतिरिक्त समयमा समेत दुवै टिमबाट कुनै पनि गोल नभएपछि ट्राइबेकरमा पुगेको थियो ।

प्रतियोतिगामा एपीएफका बुद्धिमान राई म्यान अफ दी म्याच घोषित भए । फागुन १८ गतेसम्म चल्ने प्रतियोगितामा २ विदेशीसहित १० टीम सहभागी रहेका छन् । प्रतियोगिताको विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment