१७ औं आहा ! रारा गोल्डकप आजलदेखि, विजेताले ८ लाख पाउने

पोखरा ।

मोफसलकै प्रतिष्ठित आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिता आजदेखि पोखरामा शुरु हुदैछ ।

सहारा क्लव पोखराको आयोजनामा आजदेखि हुने १७ औं संस्करणको आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा शसस्त्र प्रहरी वलको एपिएफ विरुद्ध आयोेजक सहारा क्लब बिच खेल हुदै छ । ‘खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने नारासहित हुने प्रतियोगिताको दुई विदेशीसहित १० टिम सहभागि हुनेछन् ।

प्रतियोगितामा तीन विभागीय टोली त्रिभूवन आर्मी क्लव, शसस्त्र प्रहरीको एपिएफ क्लव, नेपाल पुलिस क्लव तथा मनाङमस्र्याङ्दी क्लव, धरान फुटवल क्लव, थ्रीस्टार क्लव र हिमालयन शेर्पा क्लवले सहभागिता जनाउँदैछन् । विदेशी २ टिम क्यामरुनको डफिन्स फेमिली टिम फुटवल क्लव, भारतको युनाइटेड सिक्किम फुटवल क्लव र आयोजक सहाराले पनि प्रतियोगितामा सहभागिता जनाउँदैछन् ।

प्रतियोगिताको विजेतालाई ८ लाख १ हजार, उपविजेतालाई ४ लाख १ हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उत्कृष्ट खेलाडीलाई एक थान अप्रिला स्कुटर प्रदान गरिने क्लवले जनाएको छ । प्रतियोगिताको अवसरमा २०७४ सालभरीमा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५ बाट नगद रु. ३५ हजार, प्रमाण–पत्र र दोसल्लाले सम्मान गरिने क्लवले जनाएको छ ।

त्यस्तै प्रतियोगितामा सर्बा्धिक गोलकर्तालाई नगद २५ हजारसहित ट्रफी प्रदान गरिनेछ भने उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई नगद १५र१५ हजारसहित ट्रफी प्रदान गरिने जनाइएको छ । एक करोड ३० लाख १ हजार आम्दानी गर्ने लक्ष्य राखिएको प्रतियोगितामा ९७ लाख ९८ हजार ९ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकको अपेक्षा छ ।

प्रतियोगिता अवलोकनका लागि प्रि–क्वाटर फाइनल खेलका लागि ८० रुपैयाँ, क्वाटरफाइनलका लागि १०० रुपैयाँ, सेमीफाइनलका लागि १५० रुपैयाँ र फाइनल खेलका लागि २०० रुपैयाँ प्रवेश टिकट दर कायम छ । प्रतियोगिताबाट ३२ लाख २ हजार एक सय रुपैयाँ बचत हुने र सो रकम क्लवद्वारा सञ्चालित सहारा एकेडेमी सञ्चालनार्थ खर्च गरिने छ । एकेडेमीमा हाल १६ जिल्लाका २८ जना बालकहरु रहेका छन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment