पर्यटक भित्राउने उद्देश्य सहित सावेतमा दशैं मेला हुने

पोखरा । गुरुङ समुदायको बाक्लो बस्ती रहेको कास्कीको पर्यटकिय साबेत गाउँमा दशै मेला हुने भएको छ । गाउँमा सञ्चालनमा रहेका होमस्टेको पर्बद्धनका लागि र आन्तरीक तथा बाहृय पर्यटकलाई गाउँमा भित्राउने मुख्य उद्देश्य सहित मेला हुन लागको हो ।

श्री चण्डी युवा क्लबको २८ औं वार्षिकोत्सव तथा विजयादशमिको पाबन अवसरमा आयोजना हुन लागेको मेला १५ गते देखी १९ गते सम्म चल्ने छ ।

मेलामा पुरुष तथा महिला भलिवल प्रतियोगिता पनि समावेश गरीएको छ । सो प्रतियोगिताको पुरुष तर्फ प्रथम हुने टिमले नगद ५१ हजार दोस्रोले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँसहित प्रमाणपत्र र मायाको चिनो समेत प्राप्त गर्नेछ भने टिम दर्ता शुल्क ५ हजार रहेको क्लबका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।

त्यसै गरी महिला तर्फको बिजेता टिमले नगद १० हजार रुपैयाँ र उपबिजेता टिमले ५ हजार सहित प्रमाणपत्र तथा मायाको चिनो हात पार्नेछ भने टिम दर्ता शुल्क १५०० रहेको छ ।

मेलालाई अझ बिशेष बनाउनका लागी सांस्कृतिक कार्यक्रम, घैटो फुटाउने खेल तथा ४० वर्ष पुगेकालाई भाले समाउने प्रतियोगिता समेत राखिएको क्लब सञ्चालक समितिका सदस्य रमेश गुरुङले जनाए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment