निर्वाचन सुरक्षामा सचेत रहन सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

काठमाण्डौं, १८ भाद्र  । गृहमन्त्री जनार्दन शर्माले स्थानीय तहको तेस्रो चरणको चुनावलाई भयरहित वातावरणमा सम्पन्न बनाउन सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुने भन्दै आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् ।

उनले जनतामा अहिले निर्वाचनप्रति उत्साह देखिएको बताउँदै यस वर्ष संविधान कार्यान्वयनको लागि तीन वटै तहको निर्वाचन सम्पन्न हुनुपर्ने भएकोले शान्ति सुरक्षाका लागि सुरक्षा निकायको काँधमा ठूलो जिम्मा आएकोे बताए ।

जनकपुरमा २ नम्बर प्रदेश स्तरीय सुरक्षा भेलालाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले सुरक्षा निकायको सक्रियताले मात्रै निर्वाचन सम्पन्न हुने धारणा राखे । उनले केही ठाउँमा आएको बाढीको कारणले समस्या आएको भए पनि बाटो बनाउने कार्यमा नेपाली सेना परिचालन भएको कारणले गर्दा समस्या नआउने बताए । उनले राजपाले निर्वाचनमा सहभागिता जनाएपछि निर्वाचनमा सहजता आएको उनको भनाई थियो ।

सुरक्षागोष्ठीमा आठ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको छ । गोष्ठीमा गृहमन्त्री शर्मा, गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ, निर्वाचन आयुक्त ईला शर्मा, गृहसचिव लोकदर्शन रेग्मीसहित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment