पोखरामा अन्तराष्ट्रिय नाटक महोत्सव – २०७५ हुने

पोखरा । पोखरामा क्रियाशिल रहेका दुई थिएटर पोखरा थिएटर र युथ क्रियशन थिएटरले पोखरा अन्तराष्ट्रिय नाटक महोत्सव – २०७५ गर्ने भएका छन् ।

आठ दिवशिय यस महोत्सव अन्तर्गतबाट पोखरा थिएटरको गन्धर्व नाटक घरमा यहि फागुन १५ देखि २२ गते सम्म ४ ओटा स्वदेशी र ४ ओटा विदेशी गरी जम्मा ८ वटा नाटक मञ्चन हुने भएको छ ।

पोखरा थिएटरको वार्षिक उत्सवको अवसर पारेर उक्त महोत्सवको आयोजना गर्न लागिएको बिहिबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

पर्यटन प्रबद्धन र नाट्य संस्कृती विकासका लागि कलात्मक यात्रा मुल मन्त्र सहिलको यस महोत्सवले सामाजीक सद्भाव र समानतालाई बडवा दिनुका साथै रंगमञ्चको माध्यमबाट अन्तराष्ट्रिय स्तरमा संस्कृती आदान प्रदान गर्ने मुख्य उद्धेश्य रहेको आयोजकले बताएको छ ।

नेपालमा कलात्मक साहित्यीक गतिबिधिहरु काठमाण्डौँमा मात्र सिमित गरेको छ । रंगमञ्चिय गतिबिध हेर्ने हो भने त झन् काठमाण्डौँको घेराभित्र मात्र सिमित रहेको छ । यसै सन्दर्भलाई मध्यनजर गर्दै देशैभरीका रंगकर्मीहरु एक भएर अन्तराष्ट्रिय नाटक महोत्सवको आयोजन ागर्न लागिएको बताईएको छ ।

गण्डकी प्रदेशको इतिहासमा पहिलो पटक आयोजना हुन लागेको यस अन्तराष्ट्रिय महोत्सव रंगमञ्चको विकेन्द्रीकरणमा कोसेढुंगा सावित हुने विश्वास आयोजकले लिएको छ ।

नेपाली रंगमञ्चिय कला र संस्कृतीलाई जगेर्ना गर्दै यसलाई संस्कृती पर्यटनको माध्यमबाट संसारभर फैलाउन समेत नाटकले सहयोग पु¥याउने बताएका छन् ।

महोत्सवमा नाटकहरु अन्तराष्ट्रिय नाटक महोत्सव २०७५ तथा अन्य विभिन्न नाट्य समूहसग समन्वय गरी छनोट गरीएको आयोजक समितिले बताएको छ ।

नाटकमध्य नेपालबाट नाटक निरमाया, घेरो, मेमोरी यार्ड गैडा टाईम्स रहेका छन् भने विदेशी नाटकहरुमा भारतबाट द्यबिअप ७ ध्जष्तभ , क्ष्ल त्चबलकष्त रहेका छन् भने मेसेडोनीयाबाट एचष्खबतभ ऋयलाभलकष्यल र श्रीलङ्काबाट ीयखभ ७ ीषभ रहेका छन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment