महान् जनयुद्ध दिवसको २४ औँ वार्षिक उत्सव कार्यक्रम सम्पन्न

पोखरा । महान् जनयुद्ध दिवसको २४ औँ वार्षिक उत्सवमा नेपाल कम्युनिष्ट पार्टी नेकपा कास्की जिल्लाको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

गण्डकी प्रदेश मुख्य मन्त्री  पृथ्वीसुब्बा गुरुङ्गको मुख्य आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । नेपालको इतिहासमा २०५२ साल फागुन १ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीको नेतृत्वमा जनयुद्धको सुरुवात भएको थियो र त्यसले १० वर्ष सम्म शसत्र युद्ध द्धारा मुलुकलाई गणतन्त्र स्थापना गर्न महत्वपुर्ण भुमिका खेल्यो ।

सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा कास्कीले बुधवार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका कास्की जिल्ला सयन्त्रका सदस्य कमरेड दामोदर गोदारले विभिन्न जनआन्दोलनको उपलब्धिले गर्दा २०७२ सालमा नेपाले संबिधान प्राप्त गरेको र संबिधानले सम्पूर्ण जन समुदायको समावेसीकरणलाई र समानुपातीक व्यवस्थालाई व्यवस्थीत गरेको बताएका छन् ।

त्यस्तै पार्टीका केन्द्रिय सदस्य एवम् गण्डकी प्रदेशका अध्यक्ष कमरेड हेत राज पाण्डेले जनयुद्ध जनआन्दोलन लगाएत सम्पूर्ण राणाकालका पञ्चायतकालका र विशेष गरी झापा आन्दोलन देखि सबै शसत्र संघर्ष जनयुद्धका क्रममा साधक प्राप्त गर्ने सम्पूर्ण सहिदहरुलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

कार्यक्रममा पार्टीका स्थायी कमिटि सदस्य गण्डकी प्रदेश मुख्य मन्त्री  पृथ्वीसुब्बा गुरुङ्गले जनयुद्धको क्रममा ज्यान गुमाएका शहिदहरुलाई सम्झिदै सहिदका परिवारलाई उनिहरुको पिडामा मलम लगाउने काम सरकारले गर्नुपर्ने बताएका छन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment