पहिलो पटक स्याङ्जामा आँधिखोला महोत्सव हुने

पोखरा । स्याङ्जा मा पहिलोपटक स्याङ्जा महोत्सव हुने भएको छ ।पुतलीबजार १ स्थीत बालेवगर खेल मैदान मा हुने महोत्सव च्याम्बर अफ कमर्शले फागुन १७ गते बाट महत्सव सुरु गर्ने भएको छ ।

प्रतिनिधिसभा का सदस्य नारायन प्रसाद मरासीनी ले महोत्सव मार्फत स्याङ्जाको पहिचान देश विदेशमा पुग्ने साथै जिल्ला मा उत्पादित बस्तु प्रचारप्रसार गर्ने अवसर सदुपयोग गर्न सबैलाई आग्रह गरेका छन् ।
उनले महत्सव सफल बनाउन सबैलाई सहयोग गर्न प्रतिबद्धता जनाउदै सबैले सहयोग गरी महोत्सव सफल बनाउनु पर्नेमा जोड दिएका छन् ।‘कृषि पर्यटन उद्योग र व्यावसाय विकास हाम्रो सान,प्रथम स्याङ्जा आधिखोला महोत्सव हाम्रो पहिचान ’ भन्ने नारा का साथ हुने महोत्सव मा २ सय स्टलहरु राखीने भएको छ ।

१२ दिन सम्म चल्ने महोत्सव मा करीब ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरीएको छ । यस्तै महोत्सव बाट ७० लाख आम्दानी र ५० लाख खर्च हुने आयोजकको अनुमान रहेको छ । बचत रकम मध्ये २० लाख विभिन्न सामाजिक कार्यको लागी खर्च गर्ने आयोजकले जनाएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment