दुई नेपाली छात्राको शव आइतबार फेला

पोखरा । सीमावर्ती भारतीय रेल्वे ट्रयाकमा दुई नेपाली छात्राको शव आइतबार फेला परेको छ ।

रक्सौल–सुगौली रेल्वे खण्डको कनना रेल्वे ढाला नजिकै फेला परेको शवमध्ये एक जनाको साथमा रहेको परिचयपत्रअनुसार उनी वीरगन्ज पब्लिक सेकेन्डरी स्कुल कक्षा ११ मा अध्ययनरत पर्सा कालिकामाई–२ भेडिहारीकी निभा कुमारी रहेको बताईएको छ ।

अर्की छात्राको पकेटमा किरण लेखिएको पर्चा फेला परेको छ । घटनास्थल नजिकका स्थानीयका अनुसार बिहान दुवै छात्रा एकअर्काको हात समाएर कौडिहार गाउँतर्फबाट रेल्वे ढालातर्फ आइरहेका थिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment