पोखरा बागलुङ मध्यपहाडी राजमार्ग नियमित रुपमा सूचारु

 

पोखरा । दैनिक रुपमा बिहान १० बजेदेखि अपरान्ह ४ बजे सम्म बन्द हुने गरेको पोखरा बागलुङ मध्यपहाडी राजमार्ग नियमित रुपमा सूचारु भएको छ ।

सडक फराकिलो र स्तरोउन्नती गर्नको लागि मध्यपहाडी लोकमार्गको पर्वत खण्ड गत पौष १२ गतेदेखि दैनिक ६ घण्टा बन्द गर्ने गरिएको थियो। लोकमार्ग अन्तर्गत पर्ने कास्की र पर्वतको सिमाना अँधेरीखोलादेखि डिमुवाबजारसम्मको सडक बन्द हुने गरेको थियो ।
सडकको स्तरोन्तीको लागि सडक अवरोध हुदाँ यात्रुले सास्ती खेप्दै आएका थिए भने सडक दुर्घटनाको जोखिम पनि बढेको थियो ।

सडकमा जाम पर्ने र दिनभर सडकमै जाममा परिने भन्दै सवारी साधन तीब्र गतिमा चलाउँदा गत माघ ३ गते मालढुंगामा ७ जनाको ज्यान जाने गरी दुर्घटना समेत भएको थियो ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment