पोखरामा पहिलो पटक अन्तराष्ट्रिय फेसन सप्ताह हुने

पोखरा । पोशाक महासंघ,नेपाल द्धारा नेपालमा पहिलो पटक अन्तराष्ट्रिय फेसन सप्ताह पोखरामा हुने भएको छ । पोशाक महासंग नेपाल को राष्ट्रिय पोसाक ,आदिबासी जनजाती रैथाने, लोपन्मुख पोशाकका वारेमा जिज्ञासु ,अध्यानशिल संरक्षण संम्वद्र्धन सोच ,प्रचार प्रसारका केही गर्नेे उद्देश्यले २०६९ साल अषाढ २१ गतेका दिन जागरुक तथा डिजाईनरहरु द्धारा स्थापना भएको थियो ।

पोशाक महासंघ जिल्ला प्रशासान कार्यलय काठमाण्डौँै मा दर्ता भएको थियो ।विभिन्न पोशाक सप्ताहको अनुभवबाट स्वदेशमा नै गर्ने अन्तराष्ट्रिय फेसन सप्ताह गर्ने निचोडको साथ राष्ट्रय पोशाक महासंघ नेपालद्धारा सन्चालन हुन गईरहेको यस अन्तराष्ट्रिय फेसन सप्ताह पोखरामा मिति २०७५ चैत्र २८,२९ र ३० गते आयोजाना हुने बताईएको छ ।

सो कार्यक्रममा हलिउड तथा बलिउड, ओस्कार ग्रामीमा सेलिब्रेटीहरुले पहिरी सकेका गहनाहरुको ख्याती प्राप्त डिजाईनर मोनास्रोफको सहभागीता भई कार्यक्रमको अन्तिम दिन उनको गहनाको डिजाईनद्धारा प्रदर्शन गरी कार्यक्रमको समापन गरीने पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।

फेनस सप्ताहका लागि महासंघले स्थानीय निकाय विभिन्न संघ सस्थाहरुसग समन्वय पश्चात नेपाली मौलीक कला तथा राष्ट्रिय एकता झल्कने पोशाकहरु, जनजाती पोशाक, डिजाईनहरुद्धारा फ्युजन गरी बनाईएका पोशाकहरु लगायतका आ–आफ्ना देशका विभिन्न पोशाकहरु प्रदर्शन गरिने बताईएको छ ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment