गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु रिले अनशनमा

पोखरा ।नेपाल सरकारले तोकेको भन्दा बढी शुल्क लिएको र आफ्ना माग पुरा नगरेको भन्दै गण्डकी मेडिकल कलेज पोखराका विद्यार्थीहरुले आइतबारबाट रिले अनशन सुरु गरेका छन् ।

आफुहरुले बुझाएको बढी शुल्क विद्यार्थीहरुलाई नै फिर्ता दिनुपर्ने, विद्यार्थीहरुले तिरेको शुल्कको बिल, भौचर तथा रसिद उपलब्ध गराउनु पर्ने माग गर्दै विधार्थीहरु विभिन्न चरणमा गरेर माघ १६ गतेबाट आन्दोलनका कार्यक्रमहरु गर्दै आइरहेको भएपनि कुनै चासो नदेखाएपछि विद्यार्थीहरुले रिले अनशन सुरु गरेका हुन् ।

आफुहरुको माग पुरा नभएसम्म रिले असशन जारी राख्ने र केही त्यस्ता अप्ठ्यारो परिस्थिति आए कलेज प्रशासन नै जिम्मेवार हुनुपर्ने विद्यार्थी प्रबिन गौतमले चेतावनी दिए ।

त्यस्तै अर्की विद्यार्थी रविना मिश्रले महिला प्रतिनिध आफुले सम्झौता पत्रमा हस्ताक्षर गरेको एक वर्ष पुग्दा पनि कुनै सुनुवाई नगरेको बताएकी छन् । साथै प्रशासनले आफुहरुलाई हतोत्साहित बनाएर प्रयोगात्मक परिक्षमा फेल गराने जस्ता धम्की दिएको आरोप लगाइन् ।

उनले अहिले आफुहरुलाई बाहिर हिड्न पनि गाह्रो भइरहेको बताएकी छन् ।उनले भनिन् ः जब हामी आफै कलेज भित्र नै सुरक्षित छैनौं भने बिरामीलाई कसरी उपचार गर्न सक्छौं ?’’ आन्दोलन आफुहरुको रहर नभएर विद्यार्थीको भविष्यका लागि बाध्यताले गरिएको समेत उनले बताएकी छिन् ।

आफुहरुको मागलाई कलेजका प्रिन्सिपलले समेत बेवास्ता गरेको उनको आरोप छ । सरकारले तोकेको परिक्षा शुल्क २५०० भएतापनि आफुहले ६५०० सम्म तिर्न बाध्य भएको बताएकी छन् । उनले भनिन् “म एउटा महिला प्रतिनिध मैले रातीको १० बजे सम्म पनि सडकमा प्रशासन सग बार्ता गर्न बसीरहे तर प्रशासले हाम्रो माग सुनुवनई गर्ने वास्ता नै गदैन ।” विद्यार्थीहरुको लागि भएको समेत उनले कार्यक्रममा बताएकी छिन् ।

प्रशासनले पटक–पटक वार्ताका लागि बोलाएर वार्ता नगरिदिने र वार्ताका नाममा आफुहरुको समय व्यतित गरिरहेको अर्का विद्यार्थी अमित सिंहले बताए । सरकारले तोकेको भन्दा बढी रकम विद्यार्थीहरुबाट असुलेर अन्याय गरिरहेको उनको भनाई छ ।

भ्रष्ट्राचारलाई अन्त्य गर्न खोज्दा प्रशासनले विद्यार्थीहरुलाई परीक्षामा फेल गराइदिन्छु समेत भनिरहेको सिंहले बताए ।यसैबीच गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुको आन्दोलनलाई अखिल नेपाल विद्यार्थी युनियनले समेत समर्थन गरेको छ ।

विद्यार्थीहरुबाट प्रशासनले तोकिएको भन्दा बढी शुल्क लिइरहँदा सरकार समेत मुकदर्शक बनेपछि देशमा काननु नै नभएको जस्तो अनुभव भएको अखिल नेपाल विद्यार्थी युनियनका प्रमुख प्रविण मिश्रले बताए ।

सेतो एप्रोन लगाएर बिरामीहरुको उपचार गर्नेहरु सडकमा आन्दोलन गर्नु सही नभएपनि बाध्य भएर विद्यार्थीहरुले आन्दोलन गर्नु परेको उनको भनाई छ ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment