करेन्ट लागेर हिजो साँझ एक बालकको मृत्यु

तनहुँको भानु नगरपालिका–५ मैवलमा करेन्ट लागेर हिजो साँझ एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका शम्भु विष्टका १२ वर्षीय छोरा सुवास विष्ट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

साइकल चलाइ खेल्ने क्रममा घर नजिकैको विधुत पोलमा ठोक्किँदा विधुत चुहिएर विष्टलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका विष्टलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment