पोखरामा सरकारी गाडी आगजनी आरोपमा पक्राउ ३ नेवि संघका नेता रिहा

पोखरा । पोखरा महानगरपालिकाको शिक्षा महाशाखाको गाडी जलाउने नेपाल विद्यार्थी संघका विद्यार्थी कास्की जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन् ।

सरकारी गाडी जलाएको आरोपमा अनुसन्धानका क्रममा हिरासतमा रहेका नेविसंघका ३ विद्यार्थीलाई साधारण तारेखमा छाड्न जिल्ला अदालतले शुक्रबार आदेश दिएको हो ।

नेविसंघ कार्यकर्ताहरु परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेल सरकारी गाडी जलाएको आरोपमा माघ १९ गते पक्राउ परेका थिए । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत माघ २४ गते अदालतमा मुद्दा दायर भएको थियो ।

शुक्रबार त्यसैको थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने काजीबहादुर राईको इजलासले आदेश दिएको हो ।विद्यार्थीलाई २ देखि ५ वर्षसम्म जेल सजाय र ३० हजारदेखि ५० हजारसम्म जरिवाना माग दाबीसहित मुद्धा चलाइएको थियो ।

विद्यार्थीका तर्फबाट वरिष्ठ अधिवक्ता विश्व घिमिरे, अधिवक्ता विष्णु कुशल भुजेल, रामचन्द्र त्रिपाठी, फणीन्द्र कोइराला, रोहितराज बास्तोला, विष्णु मरासैनी, मुकुन्द अर्याल, जगन्नाथ ढकालले बहस गरेका थिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment