डडेल्धुरामा चट्याङ लागेर चार जनाको मृत्यु

पोखरा । डडेल्धुराका फरकफरक स्थानमा चट्याङ लागेर आज दुई जनाको ज्यान गएको छ ।भने अन्य चार घाइते भएका छन् । मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–५ सलेताकी २० वर्षीया सरस्वती नाथ र बझाङको दुर्गाथली गाउँपालिका–७ का ४८ वर्षीय गोगन दौल्याल रहेका छन् ।

चट्याङ लागेर सरस्वतीको सुतिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।यस्तै अमरगढी नगरपालिका–३ रजोडामा रहेको राजपुर सामुदायिक वन उपभोक्ता समूहको भवनमा सुतिरहेका मजदुर बझाङका गोगन दौल्यालको पनि बिहान ४ बजेतिर चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।

चट्याङ लागेर सरस्वतीका दुई बहिनी र दुई भाइ घाइते भएका छन् । घाइते हुनेमा १५ वर्षीय देवेन्द्र नाथ, ८ वर्षीय खगेन्द्र नाथ, १४ वर्षीया कल्पना नाथ र १२ वर्षीया शान्ति नाथ रहेका छन् ।

घाइते चारैजनालाई उपक्षेत्रीय अस्पताल डडेल्धुरा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी प्रमुख डम्बरबहादुर केसीले जानकारी दिए । घाइतेहरुको अवस्था समान्य छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment